Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • साढे दुई किलो चरेससहित भैरहवाबाट लालसरा पक्राउ

    साढे दुई किलो चरेससहित भैरहवाबाट लालसरा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 426
    SHARES

    रूपन्देही । रूपन्देहीको भैरहवाबाट साढे दुई किलो चरेससहित महिला पक्राउ परेकी छन् ।

    पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीया लालसरा घर्ती रहेकी छिन् ।



    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट बुधबार साँझ ८ बजेतिर सुनौलीतर्फ जाँदै गरेकी घर्तीलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।



    शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । घर्तीमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार