Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • १८ वर्षदेखि जेल जीवन विताइरहेका ‘बिकिनी किलर’ चार्ल्स शोभराज छुट्लान ?

    १८ वर्षदेखि जेल जीवन विताइरहेका ‘बिकिनी किलर’ चार्ल्स शोभराज छुट्लान ?

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सन् २००३ देखि नेपालमा जेल जीवन विताइरहेका अपराधी चार्ल्स शोभराज गुरूमुखको बन्दीप्रत्यक्षीकरण मुद्दाको आज सुनुवाइ हुँदै छ ।

    ‘बिकिनी किलर’ भनेर चिनिएका शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।



    ७७ वर्षीय उनले गत ७ पुसमा उमेरका कारण कैद मुक्त हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता शकुन्तला थापामार्फत रिट दायर गरेका थिए ।



    नेपालको कानून अनुसार असल चालचलन भएका ७० वर्ष माथिका कैदीलाई ७५ प्रतिशत कैद छुट दिने कानुनी सुविधा छ । सोहीअन्तर्गत उनले कैद छुटको माग गर्दै रिट दिएका हुन् ।

    सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको काठमाडौं र भक्तपुरमा दुई दिनको अन्तरमा भएको हत्या घटनामा उनी दोषी ठहरिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार