Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कतार एयरवेजबाट पेरिस उडे ‘बिकिनी किलर’ चार्ल्स शोभराज

    कतार एयरवेजबाट पेरिस उडे ‘बिकिनी किलर’ चार्ल्स शोभराज

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 993
    SHARES

    तस्बिर स्रोत : ट्विटर डटकम/एबिपी लाइभ

    काठमाडौं । ‘बिकिनी किलर’का रूपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज कतार एयरवेजको जहाजबाट शुक्रबार पेरिसतर्फ उडेका छन् ।

    उनी अध्यागमन विभागबाट शुक्रबार ५ बजे त्रिभुवन विमानस्थल गएका थिए । कतार एयरवेजको ६ बजेका लागि निर्धारित जहाजमा उनी उड्ने तय भएको थियो ।



    उनलाई नै केही बेर प्रतीक्षा गरेको जहाज निर्धारित समयभन्दा २९ मिनेट ढिलो दोहातर्फ उडेको हो । उनी दोहा हुँदै पेरिस जाने छन् । अध्यागमन विभागले उनलाई नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ।



    बुधबार सर्वोच्च अदालतले १९ वर्ष दुई महिना जेल सजाय भोगिसकेका शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको थियो। सम्भव भएसम्म त्यही दिन कैदमुक्त गर्न आदेश दिए पनि कागजी प्रक्रियाका कारण ढिलाइ भएको थियो। कागजी रूपमा हिजै कैदमुक्त भएपनि उनी त्यहीँ बसेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार