Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • १० वर्ष निष्कासनमा परेका चार्ल्स शोभराज भन्छन् – नेपालविरुद्ध मुद्दा हाल्छु

    १० वर्ष निष्कासनमा परेका चार्ल्स शोभराज भन्छन् – नेपालविरुद्ध मुद्दा हाल्छु

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 666
    SHARES

    तस्बिर स्रोत : ट्विटर डटकम/एबिपी लाइभ

    काठमाडौं । ‘बिकिनी किलर’का रूपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराजले नेपालविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।

    नेपालमा १९ वर्ष लामो कैद सजाय भुक्तान गरेर आज स्वदेश फर्किएका उनले नेपाल सरकारविरुद्ध कानुनी कारबाही खोज्ने बताएका हुन् ।



    नेपालबाट फ्रान्स डिपोर्ट हुने क्रममा विमानस्थलमा समाचार एजेन्सी एएफपीलाई प्रतिक्रिया दिँदै शोभराजले नेपालविरुद्ध मुद्दा हाल्ने बताए । उनले भनेका छन्, ‘मैले धेरै गर्नुपर्ने छ। नेपाल राज्यसहित धेरै मानिसलाई मैले मुद्दा हाल्नु पर्छ ।’



    उनी अध्यागमन विभागबाट शुक्रबार ५ बजे त्रिभुवन विमानस्थल गएका थिए । कतार एयरवेजको ६ बजेका लागि निर्धारित जहाजमा उनी उड्ने तय भएको थियो ।

    उनलाई नै केही बेर प्रतीक्षा गरेको जहाज निर्धारित समयभन्दा २९ मिनेट ढिलो दोहातर्फ उडेको हो । उनी दोहा हुँदै पेरिस जाने छन् । अध्यागमन विभागले उनलाई नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ।

    बुधबार सर्वोच्च अदालतले १९ वर्ष दुई महिना जेल सजाय भोगिसकेका शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार