Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ‘बिकिनी किलर’ शोभराजलाई फ्रान्स ‘डिपोर्ट’ गरियो, १० वर्ष नेपाल आउन प्रतिबन्ध

    ‘बिकिनी किलर’ शोभराजलाई फ्रान्स ‘डिपोर्ट’ गरियो, १० वर्ष नेपाल आउन प्रतिबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 1K
    SHARES

    काठमाडौं । ‘बिकिनी किलर’का रूपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई शुक्रबार फ्रान्स डिपोर्ट गरिएको छ। १० वर्ष निष्कासनमा परेका फ्रान्सेली नागरिक चार्ल्सलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो ।

    साँझ ६ बजे कतार एयरलाइन्सको क्यूआर–६४७ नम्बरको उडानमार्फत उनलाई फ्रान्स डिपोर्ट गरिएको बताइएको छ । केन्द्रीय कारागारले आजै शोभराजलाई कैदमुक्त गरी अध्यागमनको जिम्मा लगाएको थियो ।



    हत्या अभियोगमा करिब २ दशकदेखि नेपालको कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई सरकारले १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरेको हो ।



    केन्द्रीय कारागार सुन्धारबाट छुटे लगत्तै अध्यागमन विभाग पुगेका उनले आफू आजै स्वदेश फर्किन चाहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार