Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चार्ल्स शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिने

    चार्ल्स शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिने

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 531
    SHARES

    काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने भएको छ ।

    दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागारमा रहेका शोभराजलाई बुधबार सर्वोच्चले जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाउन आदेश दिएको थियो ।



    सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराज अहिले अध्यागमन विभागमा छन् । शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए ।



    तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी छ । सिमल ट्राभन्सबाट उनको टिकट काटिएको छ । उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जानेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार