Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • युक्रेनको मारिउपोलमा अझै १ लाख मानिस फसे, न खाना छ न पानी न त औषधि नै छ : जेलेन्स्की

    युक्रेनको मारिउपोलमा अझै १ लाख मानिस फसे, न खाना छ न पानी न त औषधि नै छ : जेलेन्स्की

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मुलुकको दिक्षणी बन्दरगाह सहर मारिउपोलमा करिब १ लाख आम नागरिक फसेको बताएका छन् ।

    रुसले बमबारी गरिरहेको समयमा अहिले पनि मारिउपोलमा लाखौँ नागरिक बसेको बताएका हुन् । ‘अहिले पनि सहर निकै अमानवीय अवस्थामा करिब १ लाख मानिस फसेका छन्। त्यहाँ रुसी सेनाले पूर्णरुपमा घेराबन्दी गरेको छ, त्यहाँ न खाना छ न पानी न त औषधि नै छ। त्यहाँ निरन्तर बमबारी भइरहेको छ।’ उनले भने ।



    उनले मानवीय कोरिडोरको माध्यमबाट मानिसहरुलाई बाहिर निकाल्ने प्रयास पनि निरन्तर बमबारी भइरहेको कारण सम्भव हुन नसकेको बताए । मंगलबार मानवीय राहत कार्यका लागि मारिउपोल पुगेका केही मानिसलाई रुसले पक्राउ गरेको उनको भनाई छ ।



    पक्राउ पर्नेमा युक्रेनी सरकारका कर्मचारी र उनीहरुका बस चालक छन् । उनीहरुलाई रुसले जेल हालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार