Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सलमान खानको कार्यक्रमप्रति विप्लव समूहको आपत्ति, कार्यक्रम विथोल्ने चेतावनी

    सलमान खानको कार्यक्रमप्रति विप्लव समूहको आपत्ति, कार्यक्रम विथोल्ने चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । विगतमा पनि नेपालमा आयोजना हुने भनिएको बलिउड अभिनेता सलमान खानको कार्यक्रमको विरोध गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अहिले पनि सलमान खानसहितका कलाकारहरूको ‘दबङ द टुर रिलोडेड’ कार्यक्रमप्रति आपत्ति प्रकट गरेको छ ।

    विप्लव निकटको जनसाँस्कृतिक महासंघका महासचिव खेम थपलियाले आज सो कार्यक्रमप्रति एक पटक सोच्दा राम्रो हुने भन्दै धम्मीपूर्ण शैलीमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका हुन् ।



    उनले फेसबुकमा लेखेका छन्–‘भारतीय सांस्कृतिक साम्राज्यवादका विरुद्ध फेरि पनि एकपटक लडाइँ लड्नुपर्ने भो भारतीय कलाकार सलमानहरूले फेरि एकपटक सोच्दा राम्रो ।’



    महासचिव थपलियाले आफ्नो पार्टी नेकपाको बैठक चलिरहेकाले केही दिनभित्र सलमान खानको कार्यक्रमलाई गर्न दिने वा अबरोध गर्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । उनकाे स्टाटसले भने घुमाउराे भाषामा कार्यक्रम विथाेल्ने चेतावनी दिएकाे प्रष्ट हुन्छ ।

    विगतमा पनि सलमान खानको कार्यक्रमको विरोध गरेको र बिथोल्ने निर्णय भएकै कारण कार्यक्रम रद्द भएको जनाइएको थियो ।

    यसअघि २०७६ सालको असार २९ गते ओडिसी इन्टरटेनमेन्ट प्रबन्ध निर्देशक सिमान्त गुरुङले सलमान खानलाई ल्याउने भनेर ४ करोड रकम उठाएर कार्यक्रम रद्द गरेका उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई प्रयोग गरेर पत्रकार सम्मेलन गर्नेदेखि सलमान खानसँग भिडियोमा कुरा गराउनेसम्मको काम गराइसकेका छन् ।

    अनलाइनमार्फत सलमान खनासँग लाइभ कुरा गरेका मन्त्री आलेले प्लेनमा चढाएर माउन्टेन टुर गराउँछु, तपाईको फिल्म धेरै हेरेको छु, नेपालमा तपाईलाई स्वागत छ, सुटिङका लागि पनि नेपाल आउनुहोला जस्ता कुरा गरेका थिए ।

    पर्यटन मन्त्रालयले समेत स्वीकृती दिइसकेको कार्यक्रमको बारेमा विप्लव समूहले भने आपत्ति प्रकट गरेको हो । यस पटक पार्टीले सलमान खानको कार्यक्रम विथोल्नेसम्मको निर्णय गर्नसक्ने विप्लव समूहका एक नेताले अनलाईन नेपालसँग बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार