Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपाल पपुवा न्युगिनीसँग पराजित

    नेपाल पपुवा न्युगिनीसँग पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं। पपुवा न्यूगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल ६ रनले पराजित भएको छ ।

    त्रिवि क्रिकेट मैदानमा २ सय ९३ रनको लक्ष्य पछेयाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।



    नेपालका लागि रोहितले कीर्तिमानी शतक बनाए । १०७ बल खेलेका उनले ७ चौका र ४ छक्काको सहयोगमा १२६ रन बनाए भनेआरिफ शेखले ३४ रनको योगदान गर्दा कुशल भुर्तेलले ३२ रन जोडे ।



    पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान असद भालाले ६०, नोर्मन भानुअले ४७, टोली उराले ३८ र रिले हेकुरेले ३१ रन बनाए ।

    बलिङतर्फ नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवान सराफले एक एक विकेट लिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार