Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने सरकारको तयारी

    सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ। स्वचालित रूपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको हो ।

    इन्धनको मूल्यमा वृद्धि हुँदा सवारी भाडा पनि बढ्ने र इन्धनको मूल्य घट्दा भाडा पनि घट्ने गरी स्वचालित भाडादर लागू गर्न विभागको प्रस्ताव छ। यसअनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनासाथ सार्वजनिक यातायातको भाडादरमा परिवर्तन हुने छ।



    विभागले वैज्ञानिक भाडादर लागू गर्न समायोजन अध्ययन प्राविधिक समितिले तयार पारेको प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको छ।



    विभागले तयार गरेको प्रस्तावमा हालको अवस्थामा करिब ११ देखि १६ प्रतिशत सम्म भाडा समायोजन-वृद्धि गर्न सिफारिस गरिएको छ। सरोकारवाला निकायसँगको छलफलबाट यस्तो प्रस्ताव गरिएको विभागले जनाएको छ । कारोबार दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार