Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रुसी ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने निर्णय अस्वीकार्य छ : जी-सेभेन

    रुसी ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने निर्णय अस्वीकार्य छ : जी-सेभेन

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 996
    SHARES

    एजेन्सी । रूसी ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने निर्णयको जी-सेभेन देशले विरोध गरेका छन् । विश्वका ठूला सात औद्योगिक देशको समूह (जी–सेभेन) समूहका सदस्य देशले रुबलमा भुक्तानी गर्नुपर्ने निर्णय अस्वीकार्य हुने बताएका हुन् ।

    जी–सेभेनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका रहेका छन् । जी सेभेन देशका ऊर्जा मन्त्रीहरुले रुसले विद्यमान सम्झौताको एकपक्षीय उल्लङ्घन गरेको निष्कर्ष निकालेका समाचार संस्था एएफपीले जनाएको छ ।



    जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मागको पालना नगर्न सरोकारवाला कम्पनीलाई आह्वान गरे । जर्मनीले जी–सेभेनको अध्यक्षता गरिरहेको छ ।



    रुसी राष्ट्रपति पुटिनले गएको हप्ता सबै युरोपेली सङ्घमा समावेश देशलाई प्राकृतिक ग्यास वितरणका लागि रूबल भुक्तानी गर्नुपर्ने घोषणा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार