Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बढुवा भएका तीन एआईजीले लगाए दर्ज्यानी चिन्ह

    बढुवा भएका तीन एआईजीले लगाए दर्ज्यानी चिन्ह

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं ।  नेपाल प्रहरीको डीआईजीबाट एआईजीमा बढुवा भएका तीन प्रहरी अधिकारीले दर्ज्यानी चिन्ह लगाएका छन् । आज मात्रै बढुवा भएका वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकले एआईजीको दर्ज्यानी लगाएका हुन ।

    प्रहरी  प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच आईजीपि शैलेश थापा क्षेत्रीले उनीहरुलाई एआईको दर्ज्यानी चिन्ह ( फूली )प्रदान गरेका हुन। उनीहरुलाई आज  बिहान बसेको मन्त्रिपरिषद् बैठकले  एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।



    गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।



    त्यसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो । जसले गर्दा उनीहरूको नियुक्तिमा ढिलाई भएको थियो । तर, आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेपछि मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गरेको हो ।

    वढुवामा असन्तुष्ट बनेका दुई जना डीआईजीले आजै सर्बोच्चअदालतमा निवेदन दर्ता गराएका छन्।

    डीआईजी धनश्याम अर्याल, इश्वरबाबु कार्की र प्रकाशजंग कार्की सर्वोच्च अदालतमा पुगेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार