Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पैसाको अभावका कारण नेपालमा चीनको ठूलो योजना अलपत्र

    पैसाको अभावका कारण नेपालमा चीनको ठूलो योजना अलपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.5K
    SHARES

    एजेन्सी। चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) आयोजना नेपालमा लगभग अड्किएको छ ।

    भारतको ‘द इकोनोमिक टाइम्स’ ले चीनको यो विशाल आयोजनाका धेरै परियोजनाका फाइदाबारे स्पष्टता नहुँदा र पैसाको अभावमा नेपालमा ठूलो धक्का लागेको लेखेको छ ।



    अखबारले हालै चीनका विदेशमन्त्री वाङ यी नेपाल आएपछि दुई देशबीच नौवटा सम्झौतामा हस्ताक्षर भएको थियो, जसमध्ये कुनै पनि बीआरआई परियोजनासँग सम्बन्धित नभएको उल्लेख गरे ।



    यसबाहेक नेपालले यस विषयमा खुला संवाद चाहेकोले वाङ यीको भ्रमणमा बीआरआई योजनाबारे पनि छलफल नभएको प्रतिवेदनमा उल्लेख छ ।

    बीआरआईको रणनीतिक डिजाइनले कर्जाको जालमा फँस्दैन कि भन्ने आशंका नेपालका नीति निर्माताहरूमा रहेको स्रोतलाई उद्धृत गर्दै अखबारले लेखेको छ ।

    नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ यीसँग थप अनुदान मागेका छन् । ‘अहिलेको अवस्थामा नेपालले चीनबाट ऋण होइन अनुदानमा धेरै परियोजना चाहन्छ’, उनी भन्छन् ।

    नेपालमा बीआरआई आयोजनाको कार्यान्वयन निकै सुस्त हुने चिनियाँ विज्ञहरुको विश्वास छ । यसको कारण धेरै क्षेत्रमा सम्झौताको दोहोरोपन र कार्यान्वयनमा स्पष्टताको अभाव हुन सक्छ। – बिबिसी हिन्दीको सहयोगमा

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार