Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चीनद्वारा क्वाड देशको रणनीति असफल भएको दाबी, अमेरिकालाई झट्का

    चीनद्वारा क्वाड देशको रणनीति असफल भएको दाबी, अमेरिकालाई झट्का

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी। इन्डो-प्यासिफिक रणनीति लागू गर्न अमेरिकाको बढ्दो प्रयासको प्रश्नमा चिनियाँ विदेशमन्त्री वाङ यीले यो रणनीति अन्ततः असफल हुने बताएका छन्।

    पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा वाङ यीको भनाइ आएको हो । भारतका लागि चिनियाँ राजदूतले ट्विट गर्दै यस्तो जानकारी दिएका हुन् ।



    उनले भने, ‘अमेरिकाको तथाकथित इन्डो–प्यासिफिक रणनीतिले चिन्ता बढाएको छ, यसको उद्देश्य ‘एसिया प्यासिफिक’ क्षेत्रको नाम मेटाउने मात्र होइन, यस क्षेत्रका देशहरूले हासिल गरेको शान्ति र विकासलाई ध्वस्त पार्नु पनि हो । ‘



    भारत, जापान, अष्ट्रेलिया र अमेरिकाका शीर्ष नेताहरु क्वाड सम्मेलनका लागि टोकियो पुगेका बेला वाङ यीले यो वक्तव्य दिएका हुन् । चीनले यस समूहलाई आफ्नो शत्रुको रूपमा वर्णन गर्दै आएको छ।

    वाङ यीले भने, “तथ्यले प्रमाणित गर्नेछ कि अमेरिकाको तथाकथित इन्डो-प्यासिफिक रणनीति विभाजन सिर्जना गर्ने, द्वन्द्व भड्काउने र शान्तिलाई खलल पार्ने रणनीति हो। रणनीति जतिसुकै प्रस्तुत गरे पनि असफल हुने निश्चित छ।’ – बिबिसी हिन्दीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार