Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको भारत भ्रमण: दिल्ली विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्रीले स्वागत गर्ने

    प्रधानमन्त्रीको भारत भ्रमण: दिल्ली विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्रीले स्वागत गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । भारत भ्रमणमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीलाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले स्वागत गर्ने भएका छन् ।

    भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवासहितको टोलीलाई स्वागत गर्ने भएका हुन्।





    प्रधानमन्त्री देउवाको स्वागतमा दिल्ली विमानस्थलमा बोर्डहरू पनि राखिएका छन् ।
    देउवाको स्वागतमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका छन् ।

    प्रधानमन्त्री देउवासँग शुक्रबार दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्नेछन् । भ्रमण टोली नयाँदिल्ली चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार