Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नोबेल अस्पतालका चिकित्सक यादव मृत फेला

    नोबेल अस्पतालका चिकित्सक यादव मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.3K
    SHARES

    विराटनगर । नोबेल शिक्षण अस्पतालको कार्यरत एक चिकित्सक अस्पताल नजिकै मृत फेला परेका छन् ।

    शनिबार बिहान मृत अवस्थामा फेला परेका चिकित्सक विजय यादव अस्पतालअगाडि प्रेम बस्नेतको घरमा डेरा गरेर बस्दै आएका थिए ।



    यादवको शव घरको गेटमा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । यादव नोबेलमा अर्थो विभागमा कार्यरत थिए ।



    मुखबाट रगत निस्किएको र हातखुट्टामा चोट लागेको अवस्थामा यादवको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    प्रहरीका अनुसार डेरादेखि वरपरको सडकमा रगतको टाटा पनि देखिएको छ । त्यसैलै आफन्तले भने यादवलाई बाहिरै हत्या गरिएको हुन शक्ने आशंका गरेका छन् ।

    बंगलादेशबाट एमबीबीएस गरेका यादव विगत तीन वर्षदेखि नोबेलमा कार्यरत थिए । सप्तरी विष्णुपुर घर भएका यादव परिवारका एक्ला छोरा हुन् ।

    यादव शुत्रबार नोबेल अस्पतालले पहाडी जिल्लामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सहभागी भएर फर्किएको खुलको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार