Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मोरङबाट दुई जना नक्कली चिकित्सक पक्राउ

    मोरङबाट दुई जना नक्कली चिकित्सक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । मोरङको विराटनगरबाट क्लिनिक सञ्चालन गरिरहेका दुई जना नक्कली चिकित्सक पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङले चिकित्सा शिक्षासम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट इजाजत पत्रसमेत प्राप्त नगरेका व्यक्तिहरूलाई पक्राउ गरेको हो ।



    पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन् । दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।



    बर्मनले पथरी शनिश्चरे नगरपालिका वडा– १ फिलिम हल लाइनमा श्रीराम पाइल्स क्लिनिक सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ । मण्डल सुन्दरहरैचा नगरपालिका– ३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका थिए ।

    उपचारमा प्रयोग गरिएका सामग्रीसहित पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार