Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बिरामी पुरुषलाई बलात्कार गरेको आरोपमा चिकित्सक पक्राउ

    बिरामी पुरुषलाई बलात्कार गरेको आरोपमा चिकित्सक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 10.8K
    SHARES

    धनकुटा । समाजमा घटना पनि थरीथरीका घट्न थालेका छन्। धनकुटामा बिरामीलाई यौनहिंसा गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेसँगै समाज कतातिर जाँदै छ ? भन्ने गम्भिर प्रश्न खडा भएको छ।

    बिरामीलाई यौनहिंसा गरेको आरोपमा पक्राउ पर्नेमा जिल्लाको धनकुटा–७ स्थित सुवास मेडिकलका डा. राज शर्मा पक्राउ रहेका छन्। शर्मालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायका अनुसार पाख्रीबास नगरपालिकाका ५३ वर्षीय पुरुष बिरामीले आफूलाई डा. शर्माले यौनहिंसा गरेको भन्दै उजुरी दिएका थिए।



    शर्मामाथि बिरामीले आफू पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएको बेला बलात्कार गरेको आरोप लगाएका छन्।

    विराटनगर महानगरपालिका–१२ खरैयाका शर्मा केही वर्षदेखि धनकुटामा निजी स्रोतबाट सञ्चालित अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छन् ।

    राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले यौनहिंसा गरेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको प्रहरी प्रवक्ता डीएसपी रायले संचारमाध्यमलाई प्रतिक्रिया दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार