Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाको भारत भ्रमण : मोदीसँगको ‘वान अन वान’ वार्ता सकियो

    प्रधानमन्त्री देउवाको भारत भ्रमण : मोदीसँगको ‘वान अन वान’ वार्ता सकियो

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । तीन दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ ।

    भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीचको भेटमा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।



    भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ ।



    बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् ।

    बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार