Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ओलीलाई लक्षित गर्दै थापाको कटाक्ष : मिर्गौला पीडितलाई पाँच हजार दिने व्यवस्था छ, लिन आउनुस्

    ओलीलाई लक्षित गर्दै थापाको कटाक्ष : मिर्गौला पीडितलाई पाँच हजार दिने व्यवस्था छ, लिन आउनुस्

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ लिन् आउनुस् भन्दै कटाक्ष गरेका छन् ।

    सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीप्रति यस्तो कटाक्ष गरेका हुन् । ओलीले केही दिनअघि प्रधानमन्त्री देउवालाई वृद्धभत्ता लिन आउनुस भनेको भनाइप्रति महामन्त्री थापाले पनि कटाक्ष गरे ।



    उनले भने, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नु भयो । उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो । अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’



    महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका लागि पाएको अवसर किन दुरुपयोग गरेको भन्दै प्रश्नसमेत गरेका छन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति सत्यता नभएको उनले दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार