Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कार्यसूचि नहुँदा पुनः स्थगित भयो सुदूरपश्चिम प्रदेशसभा बैठक

    कार्यसूचि नहुँदा पुनः स्थगित भयो सुदूरपश्चिम प्रदेशसभा बैठक

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.5K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको नवौँ अधिवेशनको तेस्रो बैठक पुनः स्थगित गरिएको छ । सभामा विजनेश नभएपछि आइतबार आह्वान गरिएको बैठक २३ गतेसम्मका लागि सारिएको हो ।

    प्रदेश सभा सचिवालयमा आइतबार सूचना टाँस गरि २३ गतेसम्मका लागि स्थगित गरिएको बताइएको छ ।



    सभाको २० गते दिनको १ बजे बस्ने भनिएको तेस्रो बैठक विशेष कारणले स्थगित भई २३ गते (बुधबार) दिनको १ बजे बस्ने निर्णय भएकोले सम्पूर्ण माननीयज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ’ सभामा टाँस गरिएको सूचनामा भनिएको छ ।



    प्रदेशसभा सचिवालयका अनुसार कार्यसूचि नहुँदा आइतबारका लागि बोलाइएको बैठक अर्को दिन सार्नु परेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार