Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्तिका सांसद अनुपस्थित

    सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्तिका सांसद अनुपस्थित

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 450
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदहरु अनुपस्थित रहेका छन् ।

    मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि राखिएको बिहीबारको बैठकमा नाउपाका सांसदहरु अनुपस्थित भएका हुन् ।



    विश्वासको मत प्राप्त गर्न नागरिक उन्मुक्तिको भर गरेको एमाले नेतृत्वको प्रदेश सरकारलाई नागरिक उन्मुक्तिका सांसदहरुको अनुपस्थिततिका कारण विश्वासको मत नपाउने अवस्थामा पुगेको छ ।



    विश्वासको मत जुटाउन अन्तिम समयसीमासम्म कसरत गरेका रावलले नागरिक उन्मुक्ति पार्टीलाई मनाउन सकेनन् । पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफ्ना सांसद तटस्थ बस्ने बताएकी थिइन् ।

    अहिले मुख्यमन्त्री रावल प्रदेशसभाको बैठकलाई सम्बोधन गरिरहेका छन् । एमाले, माओवादी, नाउपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री रावलसँगै माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा बिनाविभागीय मन्त्री नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार