Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिमका मुख्‍यमन्त्री शाहले लिए पद तथा गोपनियताको शपथ

    सुदूरपश्चिमका मुख्‍यमन्त्री शाहले लिए पद तथा गोपनियताको शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 480
    SHARES

    धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।



    शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।



    शाह कैलाली निर्वाचन क्षेत्र २ (१)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार