Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिमको प्रदेशसभा बैठक सुरु, मख्यमन्त्री रावलले विश्वासको मत माग्ने

    सुदूरपश्चिमको प्रदेशसभा बैठक सुरु, मख्यमन्त्री रावलले विश्वासको मत माग्ने

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 534
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदैछन् ।

    तर मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो ।



    सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ ।



    बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गर्दैछन्। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने भएपछि उनी अल्पमतमा छन्।

    विश्वासको मत पाउने सम्भावना लगभग सकिएपछि मुख्यमन्त्री रावलले सम्बोधनमार्फत राजीनामा दिने तयारी गरको स्रोतले बताएको छ।

    तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन् । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री रावलले बिहीबार नै विश्वासको मत लिइसक्नुपर्छ।

    तर, मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना कमजोर छ। सरकार गठनका बेला समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतका सन्दर्भमा स्पष्ट निर्णय गरेको छैन।

    ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन। रावल दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बन्दा उनलाई २९ सांसदको समर्थन थियो। एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले रावललाई समर्थन गरेका थिए।

    अहिले एमालेका १०, माओवादीका सभामुख बाहेक १० र राप्रपाका १ गरी २१ सांसदको मात्रै रावललाई पूर्ण समर्थन छ। विश्वासको मत सिद्ध गर्नका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार