Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पशुपतिको होटल हटाउन नमानेपछि बतास समुहका नाममा सार्वजनिक सूचना जारी

    पशुपतिको होटल हटाउन नमानेपछि बतास समुहका नाममा सार्वजनिक सूचना जारी

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन आग्रह गर्दै पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र लिन बतास समूहले अस्वीकार गरेपछि सञ्चालक आनन्द बतास तथा ओस्कर बतासको नाममा सार्वजनिक सूचना जारी गरिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेको थियो ।



    होटल सञ्चालनको करार रद्द गर्ने निर्णय भएपछि पत्र पठाउँदा बतासले पत्र नबुझेपछि कोषले सार्वजनिक सूचनामार्फत पत्र जारी गरेको हो ।



    गत चैत १७ गतेबाट होटल आनन्दसँगको करार रद्द गर्ने निर्णय कोषले गत १४ गते नै गरेको थियो ।

    यस्तो छ सार्वजनिक सूचना :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार