Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • होटल आनन्दको पक्षमा अदालतको अन्तरकालीन आदेश, धर्मशालाको ताला खुल्यो

    होटल आनन्दको पक्षमा अदालतको अन्तरकालीन आदेश, धर्मशालाको ताला खुल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा आनन्द बतासले सञ्चालन गरिरहेको होटलको पक्षमा अन्तरकालीन आदेश दिएको छ ।

    शुक्रबार अदालतले पशुपति विकास कोषविरूद्ध पेशा-व्यवसायलाई अवरोध नगर्न भन्दै अन्तरकालीन आदेश दिएको हो ।
    पशुपति विकास कोषले आफ्नो होटल बन्द गर्न लागेपछि बतास समूहले बिहीबार अदालतमा निवेदन दिएको थियो ।



    लिखित जवाफ माग्दै अदालतले व्यवसायमा अवरोध नगर्न भन्दै आदेश जारी गरेको हो । शुक्रबार दिउँसो कोषले धर्मशालामा ताला लगाएको थियो ।



    बतास ‍समूहले धर्मशाला छाड्न नमानेको भन्दै त्यहाँका दुई वटा मुख्य गेटमा ताला लगाइएको थियो । अदालतको अन्तरकालीन आदेश आएसँगै सो ताला पनि खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार