Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दसँग गरिएको करार सम्झौता रद्द

    पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दसँग गरिएको करार सम्झौता रद्द

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ।

    कोष र होटेल आनन्द प्रालीकाबीच धर्मशाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालीले पालना नगरेकाले सम्झौता रद्द गरिएको हो ।



    पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकासित गरी सम्झौता रद्द भएको जनाएको छ।



    बतास समूहले सम्झौता रद्द भएको पत्र बुझन नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार