Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बतास समूहको गुण्डागर्दी : धर्मशालाभित्र प्रवेश गर्न खोज्ने सरकारी टोलीलाई लगाइदियो गेट

    बतास समूहको गुण्डागर्दी : धर्मशालाभित्र प्रवेश गर्न खोज्ने सरकारी टोलीलाई लगाइदियो गेट

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । पशुपति परिसरमा रहेको धर्मशाला बतास समूहबाट खोस्न पत्रसहित गएको सरकारी टोलीलाई प्रवेशमा रोक लगाइएको छ ।

    होटल व्यवस्थापन पक्षले पशुपति विकास कोषका कर्मचारी तथा सरकारी प्रतिनिधिलाई गेटमै रोकेका हुन् । उनीहरुलाई शुक्रबार धर्मशाला सञ्चालक पक्षले ‘अदालतको आदेश लिएर आउनू’ भन्दै प्रवेश नदिएको हो ।



    हुलहुज्जत गर्दै मिडिया बोकेर आएको भन्दै कर्मचारीले भित्र अवलोकन गर्ने भए समय लिएर आउन भनेका थिए । त्यसक्रममा केहीबेर भनाभनसमेत भएको थियो ।



    यसअघि पनि कोषका प्रतिनिधि धर्मशालामा जाँदा पत्र बुझ्न मानेको थिएनन् । स्थानीय जनप्रतिनिधि मुचुल्कामा सही गर्न नआएपछि उनीहरु फर्किएका थिए । आज पनि जनप्रतिनिधि खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् ।

    सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो ।

    बतास समूहको गुण्डागर्दीका कारण पर्यटन मन्त्री प्रेम आले दिक्क बनेका छन् । बतास समूहका आनन्द बतासले अदालतमा सेटिङ गरेर राज्यलाई ठगी गरिरहेको मन्त्री आले आरोप लगाउँदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार