Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अन्तरकालीन आदेश बदर

    पशुपति विकास कोष र बतास समूहबीचको करार भंग, धर्मशालामा होटल चलाउन नपाउने

    पशुपति विकास कोष र बतास समूहबीचको करार भंग, धर्मशालामा होटल चलाउन नपाउने

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको छ । यसअघि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बदर गरिदिएको हो ।

    यसअघि जिल्ला अदालत काठमाडौंले होटेल सञ्चालन पाउने गरी दिएको अन्तरकालीन आदेश बदर भएसँगै बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको हो ।



    बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो ।



    गत वर्ष चैत २५ गतेको आदेशमा जिल्ला अदालत काठमाडौंले निवेदकको व्यवसायमा गैरकानुनी रूपमा असर पर्नेगरी कुनै पनि कार्य नगर्न नगराउन भनेको थियो ।

    तर, पशुपति विकास कोषको तर्फबाट उक्त आदेश खारेजीको माग गरेर निवेदन परेको थियो ।

    सो निवेदनको सुनुवाई गर्दै न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले कोष र बतास समूहबीचको करार भंग भइसकेकाले पुनः होटल सञ्चालन गर्न नहुने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार