Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

    नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 885
    SHARES

    फाइल फोटो

    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा पीएनजी लाई १६९ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।



    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए । यस्तै लेट केमियो खेल्दै करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए ।



    आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५ रन जोडे । रोहित पौडेल २ रनमा आउट हुँदा आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

    बलिङमा पीएनजीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै चाड सपर, अकुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार