Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • श्रीलङ्काका राष्ट्रपति राजपक्षद्धारा चारजना मन्त्री नियुक्त

    श्रीलङ्काका राष्ट्रपति राजपक्षद्धारा चारजना मन्त्री नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षले आज सोमवार चार मन्त्रीलाई नियुक्त गरेका छन् । चार मन्त्रीले आज नै पद तथा गोपनियताको शपथ लिएका छन् ।

    राष्ट्रमा गम्भीर आर्थिक र राजनीतिक संकटको बीचमा पूरानो मन्त्रिमण्डलका सबै मन्त्रीहरूले आफ्नो राजीनामा दिएपछि आएको स्थितिलाई सम्हाल्दै नयाँ मन्त्रिमण्डलको घोषणा गरेका हुन्।



    राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार पूर्व न्याय मन्त्री अली सबारीले अर्थमन्त्रीको रूपमा शपथ लिएका छन् भने जीएल पेइरिस विदेश मन्त्री, दिनेश गुनवर्देना शिक्षा मन्त्री र जोन्सटन फर्नान्डो राजमार्ग मन्त्रीको रूपमा सपथ लिएका छन्।



    अधिकारीहरूले यदि विपक्षी दलहरू एकताबद्ध सरकार गठन गर्न सहमत भएमा उनीहरूलाई पनि मन्त्रिमण्डलमा राखिने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार