Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • श्रीलङ्कामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा

    श्रीलङ्कामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 681
    SHARES

    एजेन्सी। श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनका लागि उपयुक्त मिति भएको घोषणा गरेको छ ।

    क्षेत्रीय निर्वाचन अधिकारीहरुलाई अप्रिल २५ लाई निर्वाचनको दिनको रुपमा सरकारी घोषणा भएको हो ।



    अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएका छन् ।



    प्रादेशिक निर्वाचन अधिकारीहरूले यस वर्षको सुरुमा सरकारले स्थानीय चुनाव मार्च ९ गते हुने घोषणा गरेका थिए ।

    तर, सरकारले अपुग रकमको कारण देखाउँदै निर्वाचनमा ढिलाइ गरेको थियो ।

    श्रीलङ्काले स्थानीय सरकार निकायहरूको लागि प्रत्येक चार वर्षमा एक पटक चुनाव गर्दछ, र स्थगित स्थानीय चुनावहरु २०२२ मा हुने तालिका रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार