Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • खेलमन्त्री रणसिङ्घेले गरे श्रीलंका क्रिकेट बोर्ड बर्खास्त

    खेलमन्त्री रणसिङ्घेले गरे श्रीलंका क्रिकेट बोर्ड बर्खास्त

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 543
    SHARES

    एजेन्सी । विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलंकाका खेलमन्त्री रोशन रणसिङ्घेले राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् ।

    श्रीलंकाका खेलमन्त्री रणसिङ्घेले ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त हुन् । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलंका क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ ।



    मन्त्री रणसिङ्घले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यी प्यानलमा तीन जना न्यायाधीशलाई समावेश गरिएको बताए । बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डी सिल्भाले पदबाट राजीनामा दिएको एक दिनपछि बोर्डलाई बर्खास्त गरिएको हो ।



    गत साता विश्वकपमा आयोजक भारतसँग श्रीलंकाको तीन सय दुई रनको हारपछि मन्त्री रणसिङ्घेले सार्वजनिकरूपमा सम्पूर्ण बोर्डको राजीनामा मागेका थिए । मुम्बईमा भारतको तीन सय ५८ रनको स्कोरलाई पछ्याउँदा श्रीलङ्का एक समयमा १४–६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भयो ।

    यो विश्व कपको इतिहासमा चौथो सबैभन्दा कम स्कोर हो । उक्त हारपछि सार्वजनिक आक्रोश बढ्यो र शनिबार आक्रोशित विरोध प्रदर्शन भएपछि कोलम्बोमा बोर्डको कार्यालयबाहिर प्रहरी परिचालन गरिएको थियो । मन्त्री रणसिङ्घेले श्रीलंका क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार