Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • श्रीलङ्काको जलक्षेत्रबाट पक्राउ परेका २२ भारतीय मछुवालाई रिहा

    श्रीलङ्काको जलक्षेत्रबाट पक्राउ परेका २२ भारतीय मछुवालाई रिहा

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 675
    SHARES

    कोलम्बो । श्रीलङ्काको एक अदालतले २२ जना भारतीय मछुवालाई रिहा गर्न आदेश दिएको छ।

    श्रीलङ्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा त्यहाँको नौसेनाले गत जुन २२ मा चार वटा भारतीय डुङ्गा नियन्त्रणमा लिएको थियो भने २२ जनालाई पक्राउ गरेको थियो।



    तमिलनाडुको रामनाथपुरम जिल्लाको मण्डपम र पुडुकोट्टई माछा मार्ने बन्दरगाहबाट निस्केका ती मछुवालाई श्रीलङ्काको जाफनाको डेल्फ्ट टापु नजिकैबाट पक्राउ गरिएको थियो।



    अनुसन्धानपछि उनीहरूलाई स्थानीय प्रहरी अदालतमा उपस्थित गराइएको थियो जहाँ न्यायाधीशले उनीहरूलाई जुलाई ५ सम्म न्यायिक हिरासतमा राख्न आदेश दिएका थिए।

    मछुआहरूलाई जाफनास्थित जेलमा थुनिएको थियो। हिरासत पूरा भएपछि, मछुवाहरूलाई फेरि अदालतमा पेश गरिएको र अदालतले उचित प्रक्रियापछि उनीहरूलाई रिहा गर्न आदेश दिएको छ।

    रिहा गरिएका मछुवाहरु केही दिनभित्रै घर फर्किने अपेक्षा गरिएको भारतीय मछुआ सङ्घले जनाएको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार