Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंमा शाक्य असफल, नयाँ मेयरको चर्चा शुरु

    काठमाडौंमा शाक्य असफल, नयाँ मेयरको चर्चा शुरु

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब ३८ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिंदै गर्दा देशभर नै चुनावी सरगर्मी बढेको छ । सत्तारुढ गठबन्धन पाँच दल स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नै गर्ने जोडबलमा छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिने तयारीमा छ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने एमालेसँग चुनावी गठबन्धन गर्न सकिने जनाउँदै आएको छ ।

    स्थानीय तह निर्वाचनमय बनिसकेको छ । कुन नेता कस्तो, कसलाई टिकट दिए चुनाव जित्छन्, चुनाव जित्न कस्तो समिकरण आवश्यक छ, कुन पार्टीको कुन नेता बलिया उम्मेदवार हुन ? जस्ता कुराको चर्चाले ७७ वटा जिल्लाकै स्थानीय तह तातेका छन् । ७ सय ५२ पालिका हाँक्ने मानिसको खोजी अहिले महत्वपूर्ण बनेको छ ।



    त्यसमाथि ७७ वटै जिल्लाका मानिसहरुको बसोबास रहेको काठमाडौं महानगरपालिका चुनावी रन्को नहुने त कुरै भएन । राजधानी समेत रहेको काठमाडौंको काठमाडौं महानगरपालिकामा अहिले विद्यासुन्दर शाक्य मेयर छन् । उनले नेकपा एमालेबाट मेयरमा चुनाव जितेका हुन् ।



    अवसर र चुनौतीले घेरिएको काठमाडौं महानगरमा शाक्यको पाँच वर्षे कार्यकाल बिर्सनलायक रहेको एमालेकै नेताहरु स्वीकार गर्छन । झण्डै ७० प्रतिशत बाचा पूरा गरेको दावी गर्दै आएका शाक्यले सम्झनलायक काम भने गर्न सकेनन् । शाक्यकै कमजोर क्षमताका कारण काठमाडौंका सडकको स्तरोन्नती सोचेजस्तो अगाडी बढ्न सकेन । न त समयमै फोहोरको व्यवस्थापन हुन सकेको छ न त काठमाडौंबासीले स्वच्छ खाने पानी नै पाउन सकेका छन् ।

    सरकारले तोकेको कर तिरेर पनि आम जनताले सुखभोग भने गर्न पाएका छैनन् । अभावै अभाव र महंगी खेप्न बाध्य आम जताप्रति स्थानीय सरकार उत्तरदायी हुन सकेको देखिएको छैन । सडकको दुराअवस्था र फोहोरको कमजोर व्यवस्थापन महानगरवासीका लागि अभिषाप बन्न पुगेको छ ।

    आम जनताले शाक्यलाई ‘असफल मेयर’ को सज्ञा दिइरहँदा अब काठमाडौं कसले चलाउन सक्छ त भनेर जनप्रतिनिधिको खोजी पनि शुरु भइसकेको छ । एमालेबाट आफै फेरि पनि मेयरमा चुनाव लड्ने बताइरहेका मेयर शाक्यलाई पूर्व सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर, पूर्वमेयर केशव स्थापित र पूर्व डिआईजी रमेश खरेललगायतले चुनौति दिइरहेका छन् ।

    त्यसैगरी उपमेयर रहेकी नेपाली कांग्रेसकी नेतृ हरीप्रभा खड्गीदेखि पूर्वमन्त्री तीर्थराम डंगोल, युवा नेता प्रगतिमान रञ्जीत र नगरसभापति नीलकाजी शाक्यसम्मले मेयर बन्ने आकांक्षा देखाएका छन् । नेपाली कांग्रेसका चार जना आकांक्षीमध्ये कसले टिकट पाउने हो त्यो भने टुंगो लागिसकेको छैन । तर, पूर्वमन्त्री डंगोल टिकटका लागि बलिया उम्मेदवार भएको चर्चा नेपाली कांग्रेसभित्रै छ ।

    यता उपमेयरमा भने नेपाली कांग्रेसबाट भद्रा पराजुली भण्डारीको नाम चर्चामा छ । भण्डारी महिला संघको केन्द्रीय सदस्य, नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्य, बागमती प्रदेश निर्वाचित सदस्य तथा नेपाली कांग्रेस संसदीय बोर्ड सदस्यको जिम्मेवारीमा छिन् ।

    सफल समाजसेवी र कुशल व्यवसायीको परिचय बनाएकी भण्डारीको समाजसेवाले धेरै महिलाले राहत महसुस गरेका छन् भने उनका व्यवसायहरुले थुप्रैलाई रोजगारी दिएको छ । समाजशास्त्रमा स्नातोत्तर गरेकी भण्डारीको चर्चालाई महानगरबासीले पनि स्वभाविक रुपमा लिएको बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार