Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • लोसपाद्वारा चैत २८ भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

    लोसपाद्वारा चैत २८ भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि चैत २८ गतेभित्र उम्मेदवारको सिफारिस गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्देशन दिएको छ।

    कार्यकारिणी सदस्य केशव झाले पार्टीका वडा र पालिकास्तरबाट उम्मेदवारको सिफारिस चैत २८ गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन पठाइएको जानकारी दिए।



    त्यस्तै स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै अहिले देशव्यापी रुपमा लोसपाका केन्द्रीय पर्यवेक्षकहरु जिल्ला जिल्लामा खटिएका छन्।



    उनीहरुले त्यहाँ प्रशिक्षणात्मक र अन्य कार्यक्रम गरिरहेका छन्। बिहीबार जिल्लाहरुमा लोसपाका केन्द्रीय पर्यवेक्षकहरुको उपस्थितिमा विस्तारित बैठकहरु समेत आयोजना गरिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार