Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • फ्रेन्च लिग वान : नेइमार र एमबाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित

    फ्रेन्च लिग वान : नेइमार र एमबाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति फ्रेन्च लिग वानमा क्लेरमोन्ट फुटमाथि ६–१ को सहज जित निकालेको छ । काइलियन एमबाप्पे र नेइमार दुबैले ह्याट्रिक गरेको खेलमा पीएसजी विजयी भएको हो ।

    जितसँगै पीएसजीले शीर्ष स्थानमा १५ अंकको अग्रता लिएको छ । लिगमा अब सात चरणको खेल बाँकी हुँदा पीएसजीले ३१ खेलबाट ७१ अंक जोडेको छ ।



    दोस्रो स्थानको रेनेसले समान खेलबाट ५६ अंक जोडेको छ । पराजित क्लेरमोन्ट फुट भने २८ अंकका साथ १७औं स्थानमा छ ।



    पीएसजीको यो लगातार दोस्रो जित हो भने क्लेरमोन्टको यो लगातार पाँचौ हार हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार