Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गठबन्धन गर्न तयार छौँ, तर मेयर कांग्रेसले पाउनु पर्छ : चितवन कांग्रेस

    गठबन्धन गर्न तयार छौँ, तर मेयर कांग्रेसले पाउनु पर्छ : चितवन कांग्रेस

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.3K
    SHARES

    चितवन। चितवनका कांग्रेस नेताहरूले चुनावी तालमेल हुँदा भरतपुर महानगरपालिका प्रमुख (मेयर) कांग्रेसले पाउनुपर्ने माग गरेका छन् ।

    चुनावमा गठबन्धन नै गर्न हुँदैन भन्ने अडानमा रहेका नेताहरूले पार्टी केन्द्रीय समितिको निर्णयबमोजिम गठबन्धन गर्नैपर्ने भएपनि महानगरपालिकाको मेयर पदको उम्मेदवार कांग्रेसबाट हुनुपर्ने दाबी गरेका हुन् ।



    उनीहरूले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूलाई भेटेर गठबन्धन गर्दा भरतपुर महानगरपालिकाको प्रमुख कांग्रेसले पाउनुपर्ने माग गरेका हुन् ।



    चितवन कांग्रेसका पूर्वसभापति एवं केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाललगायतले नेताहरूलाई भेटेर छ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार