Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पाँच दलीय गठबन्धन एकताबद्ध रहेको सन्देश दिन संयुक्त अपिल जारी गरिँदै

    पाँच दलीय गठबन्धन एकताबद्ध रहेको सन्देश दिन संयुक्त अपिल जारी गरिँदै

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 894
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका दलहरु बिचमा सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने भएका छन ।

    प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुको बैठकमा संयुक्त अपिल जारी गर्ने विषयमा सहमति भएको हो ।



    नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उक्त सहमति पछि आजै अपिल जारी हुने बताए ।



    गठबन्धनका मोडालिटी र मापदण्डका बारेमा शिर्ष नेताहरुसहित पाँच दलीय गठबन्धनको तयारी तथा अनुगमन संयन्त्रका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको बैठक जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार