Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट, गृहमन्त्रीद्धारा प्रंशासापत्र प्रदान

    बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट, गृहमन्त्रीद्धारा प्रंशासापत्र प्रदान

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ ।

    गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।



    गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेकोले नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गरे ।



    बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा विगत ४ आर्थिक बर्षदेखि निरन्तररुपमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार