Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गृहमन्त्री खाँण महन्थ ठाकुरको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे

    गृहमन्त्री खाँण महन्थ ठाकुरको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।

    स्वास्थ्यमा समस्या देखिएपछि भैरहवाबाट ठाकुरलाई बुधबार हेलिकप्टरमा मेडिसिटी ल्याइएको थियो । अध्यक्ष ठाकुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।



    छाती दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासलगायत समस्या देखिएपछि ठाकुरलाई सुरूमा भैरहवास्थित भीम अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि मेडिसिटीमा पठाइएको थियो।



    गृहमन्त्री खाणले बुधबार बेलुकी ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ। ठाकुरको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार