Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गृहमन्त्री खाण र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

    गृहमन्त्री खाण र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिट बिच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।

    गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको २०० वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको हो ।



    भेटमा गृहमन्त्री खाणले बेलायतले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जनशक्ति विकास, लैङ्गिक हिंसा रोक्न, चेतना अभिवृद्धि, महिला सशक्तिकरण लगायत क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिए ।



    उनले आगामी दिनमा यस्ता काममा सहकार्यका लागि गृह मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

    भेटमा राजदूत पोलिटले कोभिड–१९ विरुद्धको खोपको न्यायोचित वितरणको पक्षमा बेलायत रहेको बताइन् । राजदूत पोलिटले बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्बोधन गर्न आफूले पहल गर्ने आश्वासन दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार