Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • स्वास्थ्यमन्त्री बस्नेत र बेलायती कार्यबाहक राजदूत बर्डबीच भेटवार्ता

    स्वास्थ्यमन्त्री बस्नेत र बेलायती कार्यबाहक राजदूत बर्डबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 570
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डबीच भेट भएको छ ।

    उनीहरुबीच बुधबार स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो । सो भेटका क्रममा स्वास्थ्य क्षेत्रमा भएको दुईपक्षिय सहयोग र सम्झौताका बिषयमा कुराकानी भएको बताईएको छ ।



    मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास अपेक्षा रहेको बताए ।



    कार्यबाहक राजदूत बर्डले नेपाल र बेलायतबीच पुरानो दौत्यसम्बन्ध भएको उल्लेख गर्दै नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि सहयोग गर्न बेलायत सरकार प्रतिबद्ध रहेको बताएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार