Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

    उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 564
    SHARES

    काठमाडौं । उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।

    उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको हो।



    बेलायत नेपालको सबैभन्दा भरपर्दे विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गरे।



    भेटमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको र त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार