Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सिंहदरबारमा ऊर्जामन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

    सिंहदरबारमा ऊर्जामन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनसँग भेट गरेका छन् ।

    मन्त्रालयमा बुधबार भएको भेटमा दुईदेशीय सहयोग र चासोका विषयमा छलफल भएको बताइएको छ ।



    भेटमा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकास, प्रसारण र व्यापार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।



    विगत लामो समयदेखि अमेरिकाले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गराउँदै राजदूत थम्पसनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार