Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ललितपुर महानगरसहित तीन स्थानीय तहकाे प्रमुख कांग्रेसलाई दिने सहमति

    ललितपुर महानगरसहित तीन स्थानीय तहकाे प्रमुख कांग्रेसलाई दिने सहमति

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 903
    SHARES

    फाइल फोटो

    काठमाडौं । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति जुटेको छ ।

    पाँच दलीय गठबन्धनमा ती तीनै तहकाे प्रमुखको उम्मेदवारी कांग्रेसलाई दिने सहमति जुटेको हाे ।



    कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठले महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तीनवटै दलको दावी रहेको बताए । 



    निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमति नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको हो ।

    नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाले शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार