Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अछाममा एमालेकाे उम्मेदवारी सिफारिस प्रक्रिया जारी

    अछाममा एमालेकाे उम्मेदवारी सिफारिस प्रक्रिया जारी

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल फोटो

    अछाम । आसन्न स्थानीय तहको निर्वाचनका लागि अछाममा उम्मेदवारी सिफारिसको प्रक्रिया चलिरहेको छ ।

    जिल्लाका विभिन्न पालिकाबाट सिफारिस भएर छनोटका लागि जिल्लामा पठाइएको छ भने जिल्लाले पनि उम्मेदवार छनोटका लागि प्रदेशमा पठाउने तयारीमा छन् ।



    जिल्लाका केही पालिकाबाट नेकपा एमालेले सहमतिको आधारमा सर्वसम्मत उम्मेदवार छनोट गरेर जिल्लामा पठाएकाे छ ।



    जिल्लाका १० वटा स्थानीय तहबाट नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको लागि नाम सिफारिस गरेर जिल्लामा आइसकेकाे र छलफलको माध्यमबाट टुंगो लगाउने प्रयास भइरहेको जिल्ला सचिव भीम रावलले जानकारी दिए ।

    उनका अनुसार बाँकी उम्मेदवावारकाे छनोटका लागि प्रदेशमा सिफारिस गर्ने तयारी भइरहेको र केही पालिकामा सर्वसम्मत सिफारिसका लागि नियमित बैठक जारी रहेका उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार