Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुई बर्षमै ६६ करोडको प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार, तीनजना पक्राउ

    दुई बर्षमै ६६ करोडको प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार, तीनजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले पछिल्लो दुई बर्षमै ६६ करोड ७९ लाख रुपैँयाको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा २२ बर्षिय अनुप मिश्र, २४ बर्षिय दिपेश थापा र २७ बर्षिय राहुल चचान रहेको प्रहरीले जनाएको छ । महाशाखाका अनुसार अनुप मिश्रले सन् २०२१ देखि कारोबार गरेको र उनी एक्लैले यो अवधीमा ३५ करोड ४६ लाख रुपैँयाभन्दा धेरैको कारोबार गरेको जनाएको छ ।



    प्रहरीले उनको खातामा १२ हजार ८ सय अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ । पक्राउ परेका दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको जनाएको छ । प्रहरीले उनको खातामा १३ सय ९९ अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ ।



    पक्राउ परेका राहुल चाचानले भने पछिल्लो एक बर्षदेखि क्रिप्टोकरेनसीको कारोबार गरेको र उनले ६ करोड ५३ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ । प्रहरीले उनको खातामा ६ सय ५१ अमेरिकी डलर बराबरको बिटक्वाईन मौज्दात रहेको जनाएको छ ।

    अपराध महाशाखाका अनुसार उनीहरुलै दैनिक ५ हजार देखि ५० हजार अमेरिकी डलरसम्मको बिटक्वाईनको कारोबार गर्ने गरेको जनाएको छ । उनीहरुले व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाईनमार्फत क्रिप्टोमै रकम तिर्ने गरेको समेत खुलेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार