Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • क्रिप्टोकरेन्सी प्रचार प्रकरण : सिआइबीको बयानपछि जमानीमा छुटिन प्रियंका कार्की

    क्रिप्टोकरेन्सी प्रचार प्रकरण : सिआइबीको बयानपछि जमानीमा छुटिन प्रियंका कार्की

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नायिका प्रियंका कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सोधपुछ गरेर जिम्मा जमानीमा छाडेको छ ।

    नेपाल राष्ट्र बैंकको नीति विपरित डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा सिआईबीले नायिका कार्कीलाई अनुसन्धानका लागि आज बोलाएको थियो ।



    उनी आज दिउँसो ब्युरोमा पुगेकी थिइन् । नायिका कार्कीले केही समयअघि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर ‘क्रिप्टोकरेन्सी’मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ भनेकी थिइन् ।



    सामाजिक संजालमा प्रयोग भएको एक फोटोमा प्रियंकाले क्रिप्टोलाई प्रमोसन गर्ने हिसाबले पोस्ट भएको देखिएपछि उनलाई अनुसन्धानको लागि बोलाइएको र सोधपुछ पछि जिम्मा जमानीमा आजै छाडिएको प्रहरीले जनाएको छ ।

    नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार