Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • क्रिप्टोकरेन्सीको प्रचार गरेकी नायिका प्रियंका कार्कीलाई सीआईबीले बोलायो

    क्रिप्टोकरेन्सीको प्रचार गरेकी नायिका प्रियंका कार्कीलाई सीआईबीले बोलायो

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नायिका प्रियंका कार्कीमाथि अनुसन्धान गरेको छ ।

    नेपाल राष्ट्र बैंकको नीति विपरित डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा सिआईबीले नायिका कार्कीलाई अनुसन्धानका लागि आज बयानका लागि बोलाएको हो ।



    नायिका कार्कीले केही समयअघि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर ‘क्रिप्टोकरेन्सी’मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ भनेकी थिइन् ।



    नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।

    यद्यपी नायिका कार्कीले भने प्रहरी समक्ष आफू क्रिप्टोकरेन्सीमा संलग्न नरहेको बताएकी छन् । उनले भनेकी छन्–‘कसैले मेरो तस्बिर प्रयोग गरेर क्रिप्टोकरेन्सीको विज्ञापन गरेको रहेछ । यसबारे मलाई जानकारी छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार